रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा
रेडियो नेपाल र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच “भूमि प्रशासनमा प्रविधि र सुशासन” कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी सम्झौता भएको छ ।
रेडियो नेपालसंग भएको सम्झौता अनुसार “भूमि प्रशासनमा प्रविधि र सुशासन” नामक कार्यक्रम महिनाको महिनाको दोश्रो र चौंथो शनिबार साँझ प्रसारण हुने गरी सम्झौता भएको हो । कार्यक्रम सूचना, सन्देश र जानकारी मूलक हुने छ ।
सम्झौता पत्रमा रेडियो नेपालका तर्फबाट महाप्रवन्धक बुद्धिबहादुर के.सी र विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेलले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा विभागका महानिर्देशक पौडेलले विभाग मातहतका कार्यालयहरु प्रविधिमैत्री बन्दै गएको र यी कार्यालयहरुबाट सर्वसाधारणलाई सहजै सेवा उपलब्ध गराइएको बताउनुभयो ।
“भूमि प्रशासनमा प्रविधि र सुशासन” कार्यक्रम प्रसारण तालिका